महत्वपूर्ण कागजातको लागि आवश्यकपर्ने कागजात महत्वपूर्ण

नेपालमा नागरिकता, राहदानी, परिचय पत्र, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू कसरी बनाउने? पूर्ण प्रक्रिया

नेपालमा आवश्यक पर्ने कागजातहरू र प्राप्त गर्न चाहिने कागजात र गर्ने प्रक्रिया

Citizenship Nepal

नागरिकता प्रमाणपत्र

आवश्यक कागजातहरू:

  • जन्मदर्ता प्रमाणपत्र
  • आमाबाबुको नागरिकता
  • पासपोर्ट साइजको ४ वटा फोटो (२ वटा वडा कारर्यालयमा आवश्यक हुन्छ भने २ वडा जिल्ला प्रशासनमा
  • निवेदन फारम
प्रक्रिया:
  • स्थानीय वडा कार्यालयमा निवेदन दिनुहोस्।
  • कागजातहरूको प्रमाणीकरण गराउनुहोस्।
  • वडा कार्यालयले दिएको सिफारिस पत्र लिएर जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा दिनुहोस
Passport Nepal

राहदानी

आवश्यक कागजातहरू:

  • नागरिकता प्रमाणपत्र
  • पुन: प्रमाणित नागरिकता
  • राहदानी फारम
  • रु. ५,०००/- देखि १५,०००/- सम्म शुल्क
प्रक्रिया:
  • पात्रता अनुसार अनलाइन फारम भर्नुहोस्।
  • सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कागजात बुझाउनुहोस्।
  • बायोमेट्रिक प्रोसेस र भुक्तानी पश्चात राहदानी प्राप्त गर्नुहोस्।
nid

राष्ट्रिय परिचय पत्र (NID)

आवश्यक कागजातहरू:

  • फारम
  • सक्कल नागरिकता प्रमाणपत्र
  • विवाहितको हकमा विवाह दर्ताको प्रमाण पत्र। विवाहित महिलाको हकमाः नागरिकतामा श्रीमान् को नाम छ भने विवाहदर्ता आवश्यक पर्दैन, नागरिकता भए पुग्छ
  • बसाइसराई गरेको छ भने बसाइसराईको सक्कल प्रमाण पत्र
  • एकल महिलाको हकमाः श्रीमान् को मृत्यु दर्ता
प्रक्रिया:
  • Pre-Enrollment को फारम र आवश्यक सक्कल कागजात लिएर जिल्ला प्रशासनको राष्ट्रिय परिचय फाँटमा जाने वा जिल्ला प्रशासन गई फारम भर्ने।
  • बायोमेट्रिक प्रोसेस पश्चात कार्ड जारी गरिन्छ।
Map Pass Nepal

नक्सा पास

आवश्यक कागजातहरू:

  • घर नक्सा
  • जग्गा धनी प्रमाण
  • निवेदन पत्र
प्रक्रिया:
  • नगरपालिका वा गाउँपालिका कार्यालयमा निवेदन दिनुहोस्।
  • इन्जिनियरको स्वीकृति पछि पास गरिन्छ।
Marriage Certificae

विवाह प्रमाणपत्र

आवश्यक कागजातहरू:

  • दुवै पक्षको नागरिकता
  • दुवै पक्षको जम्मदर्ता
  • दुई जना साक्षीको नागरिकता
प्रक्रिया:
  • स्थानीय वडा कार्यालयमा निवेदन दिनुहोस्।
  • दर्ता पश्चात प्रमाणपत्र जारी हुन्छ।
For More Detail
Birth Certificate Nepal

जन्म प्रमाणपत्र

आवश्यक कागजातहरू:

  • बुवाआमाको नागरिकता
  • नवजात शिशुको नाम
  • निवेदन पत्र
प्रक्रिया:
  • वडा कार्यालयमा निवेदन दिनुहोस्।
  • दर्ता गरेर प्रमाणपत्र प्राप्त गर्नुहोस्।

सवारी चालक अनुमतिपत्र

आवश्यक कागजातहरू:

  • नागरिकता प्रमाणपत्र
  • स्वास्थ्य परीक्षण प्रमाणपत्र
  • फारम
प्रक्रिया:
  • अनलाइन आवेदन दिनुहोस् (dotm.gov.np)।
  • लिखित र ट्रायल परीक्षा पास गर्नुहोस्।
  • अनुमतिपत्र प्राप्त गर्नुहोस्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.